चीनको तिब्बतमा एउटैमात्र विदेशी मिसन- नेपाली महावाणिज्य दूतावास – Nepal Press

चीनको तिब्बतमा एउटैमात्र विदेशी मिसन- नेपाली महावाणिज्य दूतावास

ल्हासा (तिब्बत) । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा कुनै बेला भारतको कार्यालय थियो । भुटानको थियो । बेलायतको थियो । नेपालको नहुने कुरै भएन ।

तर, अहिले नेपालबाहेक कसैको पनि कार्यालय छैन । अर्थात् तिब्बतको राजधानी ल्हासामा अहिले नेपालको मात्रै मिसन छ । नेपाली महावाणिज्य दूतावास ल्हासाको नोर्बुलिङ्का सडकमा छ । यो ल्हासाको डाउनटाउन क्षेत्र हो । यहाँबाट भाकोर सडकदेखि पोताला दरबार नजिकै छ ।

यो महावाणिज्य दूतावास नेपाल चीन कूटनीतिको मात्रै होइन ल्हासाका दुई हजार नेपालीहरुको भावनात्मक मुकाम पनि हो । नेपालको ल्हासामा कार्यालय रहेको धेरै शताब्दी भएको छ ।

नेपाल र जनवादी गणतन्त्र चीनले सन १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध बनाए । यो सम्बन्धपछि यो मिसनमा सन् १९५६ सेप्टेम्बर २० बाट महावाणिज्य दूतहरु आउन थालेका थिए ।

अहिलेका महावाणिज्य दूत नवराज ढकाल बीसौं हुन् । यहाँका पहिलो महावाणिज्य दूत हुन् उपेन्द्रबहादुर बस्नेत । मुक्ति सेनाका कमाण्डरसमेत भएका जीबी याक्थुम्बा, मानवशास्त्री डोरबहादुर विष्टदेखि पूर्वमुख्यसचिव तथा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौडेल पनि ल्हासाको महावाणिज्य दूत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *