अर्थतन्त्र गम्भीर अवस्थामा पुगिसक्यो, सुधार्न कत्ति पनि ढिलो नगरौं : अध्यक्ष अग्रवाल – Nepal Press

अर्थतन्त्र गम्भीर अवस्थामा पुगिसक्यो, सुधार्न कत्ति पनि ढिलो नगरौं : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गरेका छन् ।

केही समय अगाडि विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकता भन्दा बढी उपचार गर्दा आजको यो अवस्थामा अर्थतन्त्र आइपुगेको भन्दै उनले तत्काल देखिने गरी सुधार थाल्न आग्रह गरेका हुन् ।

बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष अग्रवालले ढिलो गरी गरिने उपचारले समाधान नदिन सक्ने तर्फ ध्यान दिन सरकारलाई अनुरोध गरेका हुन् ।

गम्भीर अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैले उच्च प्राथमिकता दिनुपर्ने बताए ।

‘हामीले यस्तो विषम आर्थिक चुनौतीको समयमा पनि अर्थतन्त्र सुधार भन्दा राजनीतिक मुद्दाहरुमा नै ध्यान केन्द्रित गर्ने हो भने आर्थिक हिसाबले मुलुक निकै अप्ठ्यारो अवस्थामा पुग्ने निश्चित छ’, उनले भने, ‘त्यसपछि सुधारको प्रयास गर्दा पनि सुधार हुन निकै समय लाग्ने र त्यसबेलासम्म अन्य क्षेत्रलाई समेत नराम्रोसँग प्रभावित पार्न सक्छ ।’

उनले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र र मकवानपुरको मयूर धाप औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी मोडलमा उद्योग परिसंघलाई निर्माण तथा सञ्चालन गर्न दिन अनुरोध समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर