इजरायल युद्धमा ९ जना नेपाली घाइते भएकोबारे के भन्छ दूतावास ? परराष्ट्र मन्त्रालयले दिँदैन सूचना – Nepal Press

इजरायल युद्धमा ९ जना नेपाली घाइते भएकोबारे के भन्छ दूतावास ? परराष्ट्र मन्त्रालयले दिँदैन सूचना

इजरायल । प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणपछि इजरायलमा युद्धको घोषणा भएको छ । यहाँका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले यो युद्ध जित्ने बताएका छन् ।

इजरायलमा २ हजारभन्दा बढी नेपालीहरु जिटुजी अन्तर्गत कृषिलगायत विभिन्न परियोजनामा कार्यरत छन् । यहाँस्थित नेपाली दूतावासले आधारिक रुपमा नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिने क्रममै रहेको जनाएको छ ।

दक्षिणी एक कृषि फार्ममा भएको लडाकु रकेट हमलामा परी ९ जना नेपाली घाइते भएको खबर आए पनि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । नेपाली दूतावासले थप जानकारी संकलन गरिरहेको जनाएको छ ।

अर्न एण्ड लर्न परियोजना अन्तर्गत काम गर्न आएका उनीहरुको अवस्थाबारे अरु जानकारी भइसकेको छैन । बेताबोदमा भने जिटुजीबाट आएका कामदारलाई घरमा असुरक्षित हुनसक्ने भनी एकै ठाउँमा सुरक्षित गरेर राखिएको छ ।

यता आफ्ना हजारौं नागरिक कार्यरत देश युद्धमा गइसक्दा पनि नेपाल सरकारले औपचारिक जानकारी दिएको छैन । भारतलगायत अन्य देशले आफ्ना नागरिकको सुरक्षाका लागि वक्तव्य जारी गर्नुको साथै सहयोग टिम परिचालन गरिसकेका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल इजरायलमा कार्यरत नेपाली कामदारको बारेमा जानकारी लिन पटकपटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहिनन् । अहिले साँझ ५ बजेपछि मन्त्री एनपी साउदले मन्त्रालयमा बैठक बोलाएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर