हमासको रकेट आक्रमण इजरायली सहरका मेयरको मृत्यु – Nepal Press

हमासको रकेट आक्रमण इजरायली सहरका मेयरको मृत्यु

इजरायल । शनिवार बिहान हमासले गरेको घातक रकेट आक्रमणमा परी शार हानेगेभ क्षेत्रीय काउन्सिलका प्रमुख (मेयर) ओफिर लिब्स्टेनको मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले बताएको छ ।

‘आतङ्कवादीको आक्रमणको बेला सहरको रक्षा गर्न गएका ओफिर मारिए’, काउन्सिलको विज्ञप्तिलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । उनको मृत्युपछि काउन्सिलका उपप्रमुख योसी केरेनलाई अन्तरिम प्रमुख बनाइएको छ ।

पछिल्लो समाचारअनुसार हमासको रकेट आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएका छन् ।

मध्य तथा दक्षिण इजरायलमा शनिवार बिहान साढे तीन घण्टासम्म व्यापक रकेट हमला भएको थियो । यसबाहेक हमासले पाँच जना इजरायल डिफेन्स फोर्स (आईडीएफ) का सैनिकलाई अपहरण गरेको दाबी गरेको जेरुसेलनम पोस्टले बताएको छ । आईडीएफले भने त्यसको पुष्टि गरेको छैन ।

हमासको आक्रमणपछि आईडीएफले गाजापट्टीमा जवाफी हमला गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर