दसैँका लागि टिकट बुकिङ असोज २२ बाट, भाडा नबढ्ने – Nepal Press

दसैँका लागि टिकट बुकिङ असोज २२ बाट, भाडा नबढ्ने

काठमाडौं । दसैँतिहारका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।

यातायात व्यवस्था विभागका महानिदेशक उद्धव प्रसाद रिजाले पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको बताए ।

व्यवसायीले गाडि भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएका थिए । मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरूले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *