अभिनेता अनमोल केसी हिरासतमुक्त – Nepal Press

अभिनेता अनमोल केसी हिरासतमुक्त

काठमाडौं । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।

प्रहरीले उनलाई हाजिरी जमानीमा छाेडेकाे हाे । अदालतले केसीकाे तीन दिन म्याद थपेकाेमा शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएपछि उनी छाडिएका हुन् । उनले आफ्नै गाडी मगाएर हिरासतबाट घर गएका थिए ।

आराेपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएकाे अवस्थामा प्रहरी अधिकारीले हाजिरी जमानीमा छाड्नसक्ने प्रावधान छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *