गगन थापा भन्छन्- प्रदेशलाई पंगु बनाइँदैछ, मुख्यमन्त्रीभन्दा सीडीओ धेरै शक्तिशाली छन् (भिडिओ) – Nepal Press

गगन थापा भन्छन्- प्रदेशलाई पंगु बनाइँदैछ, मुख्यमन्त्रीभन्दा सीडीओ धेरै शक्तिशाली छन् (भिडिओ)

‘कांग्रेसको मुख्यमन्त्रीले माओवादीको दबाबमा सरकार टिकाउन मन्त्रालय फुटाउँदिन भन्न सक्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशको कानून बनाउन केन्द्रित हुनुपर्ने बताएका छन् ।

कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेशलाई अधिकार नदिएर पंगु बनाइएको टिप्पणी गरे ।

उनले भने, ‘नेपालमा एउटामात्रै केन्द्र राखेर हुँदैन, प्रदेश बनाउनुपर्छ भनेर २०६१ सालमै कांग्रेसले लेखेको हो । अहिले हामीले त्यहीअनुसार प्रदेश बनाएका हौं । तर, अहिले प्रदेशहरु कामकाजी हुन सकिरहेका छैनन् । प्रदेशहरु महँगो भइरहेका छन् । जे सोचर बनाएका थियौं, त्यो हुन सकिरहेको छैन ।’

प्रदेशका लागि अहिले ४० वटा कानून बनाउनुपर्ने उनले बताए । महामन्त्री थापाले भने, ‘अहिले कार्यालय लगेर प्रदेश खोलेर राखिदिएको छ। प्रदेशको मुख्यमन्त्रीभन्दा त सीडीओ कति अधिकारसम्पन्न छ । शक्तिशाली छ । प्रदेशलाई पंगु बनाएर राखेको छ ।’

उनले आफूले लुम्बिनी प्रदेशको मुख्यमन्त्री भेट्न खोजिरहेको समेत बताए ।

थापाले भने, ‘सरकार टिकाउन उहाँले माओवादीले धेरै दबाब दियो त्यसकारणले प्रदेशमा मन्त्रालय फुटाएर भए पनि थप्नुपर्‍यो भन्नुभयो । अस्तिमात्रै हामीले केन्द्रीय समितिको बैठकबाट निर्णय गरेको होइन, हामीले एउटा पनि संरचना थप्न पाइँदैन भनेर । अहिले कांग्रेसको मुख्मयन्त्रीले यता मुख्यमन्त्री गए जाओस् । तर, मैले मन्त्रालय फुटाउदिनँ भन्न सक्ने त्यो ठाउँ राख्नुपर्छ ।’

उनले आगामी निर्वाचन आउन चार वर्ष बाँकी रहेकाले मज्जाले काम गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर