प्राविधिक रुपमा प्रचण्डजी प्रधानमन्त्री भएपनि सरकार कांग्रेस नेतृत्वकै हो : नेता बडू – Nepal Press

प्राविधिक रुपमा प्रचण्डजी प्रधानमन्त्री भएपनि सरकार कांग्रेस नेतृत्वकै हो : नेता बडू

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले गठबन्धनको कारणले सरकारमा हुँदा काम गर्न अफ्ठ्यारो परेको अनुभव सुनाएका छन् । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै आफू उद्योगमन्त्री हुँदा आफ्नो पार्टीको अर्थमन्त्री नहुँदा आफ्नो प्रस्ताव रोकिएको बताए ।

उनले भने, ‘पछिल्लो सरकारको नेतृत्व पनि हामीले गरेका थियौं । अहिले पनि प्राविधिक रुपमा प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ तर सबैभन्दा ठूलो हिंसा हाम्रो छ । हामीतिर जनताले हेर्दैछन् त्यसैले हामीले काम गर्न सकेनौं भने हामीलाई जनताले पत्याउँदैनन् ।’

उनले अहिले नयाँ दलको उदयसँगै जनताको निगरानी पनि बढेको भएकाले अहिले असफल हुने छुट नभएकोे उल्लेख गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर