कोशी प्रदेश एमाले अधिवेशन : मतदानको तयारी, मत माग्दै उम्मेदवार (तस्बिरहरु) – Nepal Press

कोशी प्रदेश एमाले अधिवेशन : मतदानको तयारी, मत माग्दै उम्मेदवार (तस्बिरहरु)

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा निर्वाचनको तयारी भएको छ ।

मतदाताको अन्तिम नामवाली प्रकाशन भएपछि मतदानका लागि आवश्यक तयारी भइरहेको छ । मतदानका लागि ३५ स्थानबाट मत हाल्ने व्यवस्था गरिएको छ । मुख्य निर्वाचन अधिकृत चुणामढी आचार्यले १ जनाले १५ मिनेटमा मत हालिसक्ने गरिको तयारी भएको बताए ।

अन्तिम नामावली प्रकाशन भएपछि उमेदवारहरु मत माग्न व्यस्त भएका छन् ।

प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।

निर्वाचन समितिले आजै मतदान गर्नेगरी तयारी थालेको छ । प्रमुख निर्वाचन अधिकृत चुढामणी आचार्य निर्वाचन समिति आवश्वय तयारीमा लागेको जानकारी दिँदै आज साँझ ५ बजेपछि मतदान सुरु हुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर