माओवादीको दाबी- देश हाम्रै एजेण्डा वरिपरि घुमिरहेको छ, २०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं – Nepal Press

माओवादीको दाबी- देश हाम्रै एजेण्डा वरिपरि घुमिरहेको छ, २०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने दाबी गरेका छन् ।

पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले त्यहीअनुसार अहिले तीन महिने अभियान चलाइरहेको बताए ।

तीन महिने अभियानलगत्तै आफूहरु विधान सम्मेलन हुँदै विशेष महाधिवेशनमा जाने उनकाे भनाइ छ ।

प्रवक्ता सापकोटाले भने, ‘अहिले हाम्रो एजेण्डामा देश घुमिरहेको छ । तर, त्यो संगठनमा अभिव्यक्त भएको छैन । त्यो संगठनमा अभिव्यक्त हुने र पहिलो पार्टी हुने संकल्पका साथ अगाडि बढेरहेका छौं ।’


प्रतिक्रिया

One thought on “माओवादीको दाबी- देश हाम्रै एजेण्डा वरिपरि घुमिरहेको छ, २०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर