एमाले बागमतीको नेतृत्व छान्न च्यासलमा विद्युतीय मतदान (तस्बिरहरू) – Nepal Press

एमाले बागमतीको नेतृत्व छान्न च्यासलमा विद्युतीय मतदान (तस्बिरहरू)

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् ।

दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका छन् ।

दाहाल पक्षबाट उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् ।

ढुंगेल पक्षबाट उपाध्यक्षमा बागमती प्रदेशका पुर्वमन्त्री दावादोर्जे लामा, सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित चुनावी मौदानमा छन् । उपसचिवतर्फ ललितपुरका प्रेमबहादुर महर्जन, काभ्रेकी गीता गौतम ढकाललाई खडा गरिएको छ।

अधिवेशनमा मनोनीतसमेत गरी ११ सय ६९ जना प्रतिनिधि छन् ।

अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । पदाधिकारीबाहेक अधिकांश सदस्य निर्वाचित भइसकेका छन्। मतदानका लागि राम-लक्ष्मण इनोभेसनले तयार पारेको ४० वटा विद्युतीय मेसिन जडान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर