साफ यू-१९ मा पराजित भएपछि स्तब्ध नेपाली खेलाडी (तस्बिरहरु) – Nepal Press

साफ यू-१९ मा पराजित भएपछि स्तब्ध नेपाली खेलाडी (तस्बिरहरु)

काठमाडौं । साफ यू-१९ फुटबल च्यामिपयनसीप अन्तर्गत सेमिफाइनलमा भारतसँग पराजित बनेपछि नेपाली खेलाडीहरु भावुक बनेका छन् ।

बुधबार घरेलु मैदान दशरथ रंगलशालामा भारतसँग नेपाल टाइब्रेकरमा पराजित भएको थियो । नेपाल पराजित बनेसँगै दर्शकहरु पनि दुःखित भएका छन् भने खेलाडीहरु स्तब्ध बनेका थिए । मैदानबाट बाहिरिने क्रममा एक आपसमा अंगालो मार्दै रोएका थिए ।

निर्धारित समयमा दुवैले १-१ गोलको बराबर खेलेका थिए भने टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले पराजित गरेको थियो । यससँगै भारत फाइनलमा प्रवेश गरेको छ । यसअघि पाकिस्तान फाइनलमा पुगिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर