साफ यू-१९ : माल्दिभ्सविरुद्ध नेपालको ४ गोल, खेलका रोचक तस्बिरहरु – Nepal Press

साफ यू-१९ : माल्दिभ्सविरुद्ध नेपालको ४ गोल, खेलका रोचक तस्बिरहरु

काठमाडौं । पूर्व विजेता नेपाल घरेलु मैदानमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । सोमबार समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले मालदिभ्सलाई ४-१ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलमा २-० गोलले पछाडि परेको अवस्थामा ५८ औँ मिनेटमा मालदिभ्सले गोल गर्दै पुनरागमनको प्रयास गरेको थियो । त्यसअघि नेपालले १८ औँ मिनेटमा प्रशान्त लक्समको गोलमा अग्रता लिएको थियो । समिर तामाङले ३० औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । ३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाएका थिए ।

८६ औँ मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो । निराजन धामीले उक्त गोल गरेका थिए। इन्जुरी समयमा नेपालले अर्को गोल थपेको थियो ।

तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर