सैनिक पेट्रोल पम्पमा हिमालयन बैंककाे डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा – Nepal Press

सैनिक पेट्रोल पम्पमा हिमालयन बैंककाे डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

गत बुधबार बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंक र रिपुमर्दिनी पेट्रोल स्टेशन बीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने सम्पुर्ण ग्राहकको सुबिधालाई काउन्टर संचालनमा ल्याइएको हो ।

काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको ‘नेपाल जे क्यूआर’ र सबै बंैकबाट जारी भएको एटिएम कार्ड मार्फत ‘पीओएस’ मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन । भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन र एसएमएस मार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर