बाबुराम गौतम र अशोक मण्डल माओवादी केन्द्रीय सदस्य मनोनीत – Nepal Press

बाबुराम गौतम र अशोक मण्डल माओवादी केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा २ जना सदस्य थप भएका छन् ।

केन्द्रीय कार्यालयले गरेको निर्णयअनुसार कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका बाबुराम गौतम र सप्तरीका अशोक कुमार मण्डल केन्द्रीय सदस्य मनोनीत भएका हुन् ।

गाैतम र मण्डललाई केन्द्रीय सदस्य मनाेनीत गरिएकाे कोषाध्यक्ष श्रीराम ढकालले बताए ।

यससँगै अब माओवादी केन्द्रीय सदस्यको संख्या ४१० नाघेको छ ।

हालै बसेको केन्द्रीय कमीटीको बैठकले विधानअनुसार महिलाको कोटा पुर्याउनको लागि २२ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर