खेलकुद महासंघ नेकपा एसका केन्द्रीय सदस्य ठकुरी एमालेमा फर्किए – Nepal Press

खेलकुद महासंघ नेकपा एसका केन्द्रीय सदस्य ठकुरी एमालेमा फर्किए

हेटौँडा । नेकपा एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटी वडा नंबर ४ अध्यक्ष एवम् नेपाल खेलकुद महासंघ, समाजवादीका केन्द्रीय सदस्य निरज सिं ठकुरी नेकपा एमालेमा फकिएका छन् ।

आज हेटौँडाको युद्धपथमा भएको कार्यक्रममा उनलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम मकवानपुर इन्चार्ज देवी ज्ञावली सहितका नेताहरुले एमालेमा स्वागत गरेका छन् ।

नेकपा एमाले ४ नं वडा कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा तरूण दलका ४ नं वडा सचिव निरोज बानियाँसहित रोशन क्षेत्री, विशाल न्यौपानेल लगायतको टोली पनि एमाले प्रवेश गरेको छ ।

एमालेमा फर्कदै ठकुरीले विगतमा भएका कमि कमजोरीलाई सच्याउँदै अब एमालेमा एकढिक्का भएर लाग्ने र एमालेको नीतिले मात्र देश विकास संभव भएको बताए । उनले कम्युनिष्ट पार्टी अब टुटफुट नभई नेकपा एमालेको मूलप्रवाहमा समाहित हुनुपर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य ज्ञावलीले देश चरम आर्थिक संकटमा परेको अवस्थामा अब देशले एमाले नेतृत्व खोजेको बताए । लुकको राष्ट्रियता, अर्थतन्त्र र जनजीविका संकटमा परेकोले यसलाई पार लगाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उनको भनाई रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर