कालीमाटी तरकारी बजारका सटर सेटिङमा भाडा लाउन थालेपछि विरोध (भिडिओ) – Nepal Press

कालीमाटी तरकारी बजारका सटर सेटिङमा भाडा लाउन थालेपछि विरोध (भिडिओ)

काठमाडौं । कालीमाटी तरकारी बजारका सटरहरू विनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी बजार विकास समितिको कार्यालय धर्ना दिएका छन्

बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धामार्फत भाडामा लगाउनुपर्ने र विनाप्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै किसान सञ्जालका सदस्यले धर्ना दिएका हुन् । सञ्जालले बजारका ५० प्रतिशत सटर र स्टलहरू उत्पादक किसानलाई सहुलीयत दरमा छुट्टाउनुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग पनि अघि सारेको छ ।

किसान र उपभोक्ता हितविरोधी निर्णय खारेज गर्नुपर्नेलगायतका माग राख्दै विगत चार दिनदेखि निरन्तर समितिको कार्यालय धर्ना दिइएको अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले बताए ।

समितिले गरेको निर्णय फिर्ता नगरेसम्म धर्ना जारी रहने सञ्जालले जनाएको छ । यस्तै सञ्जालले लम्पी स्किन रोगबाट पशु क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै थप देशव्यापी आन्दोलन सुरू गरेको समेत जनाएको छ ।


प्रतिक्रिया

One thought on “कालीमाटी तरकारी बजारका सटर सेटिङमा भाडा लाउन थालेपछि विरोध (भिडिओ)

  1. ठिक हो ।भुसालले जिन्दगीभर काम्युनिज्म भनेर भट्यायो ।मौका पाएपछि सटर भाडामा लगाउँदा घोटाला गर्यो ।के अर्थ उसको नक्कली समाजवादको । ती सबै सटर किसान सहकारीलाई भाडामा दिनुपर्छ । किसान र मजदुरको पार्टी भनेर नक्कली दावी गर्ने नै सरकारको नाईके होइन ? नाईकेले समेत बाँडेर लिएका होलान । खुरूक्क किसानहरूको समूहलाई सटर भाडामा दे भ्रष्ट सरकार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *