तमोर कोरिडोरमा सडकमा पुल निर्माणमा ढिलाइ, वर्षायाममा सडक सञ्चालनमा समस्या – Nepal Press

तमोर कोरिडोरमा सडकमा पुल निर्माणमा ढिलाइ, वर्षायाममा सडक सञ्चालनमा समस्या

विराटनगर । राष्ट्रिय गौरवको तमोर कोरिडोर सडक आयोजना अन्तर्गत पर्ने पुल निर्माणमा ढिलाइ भएको छ ।

तमोर कोरिडोर सडक आयोजना अन्तर्गत सुनसरीको चतरादेखि पाँचथर गणेश चोकसम्म ८ वटा पक्की पुल बनाउनु पर्ने छ । ११० किलोमिटर सडक अन्तरगत पर्ने विभिन्न आठ वटा खोलामा बनाउनु पर्ने पक्की पुल निर्माणमा ढिलाइ हुँदा सडक सञ्चालन अवरुद्ध हुँदै आएको छ ।

कोरिडोर अन्तर्गत पाँचथरदेखि धनकुटासम्मको एक सय १० किलोमिटरमा सडक कालोपत्रे गर्न ठेक्का लागिसकेको सकेको छ ।कोरिडोरले पूर्वका ताप्लेजुङ र पाँचथर जिल्लालाई छोटो दूरीमा तराइका जिल्लालाई जोड्छ ।

सडक कालोपत्रे गर्ने ठेक्का लागे पनि यो सडक खण्डका विभिन्न खोलामा बन्नुपर्ने आठ वटा मोटरे बल पुल निर्माणको कामले गति लिन नसक्दा स्थानीयलाई समस्या परेको छ ।

विभिन्न आठ खोलामा पक्की पुल आवश्यक पर्ने भए पनि पुल निर्माणको गति त्रिब रूपले अगाडि बढ्न नसकेको पुल सेक्टर कार्यालय इटहरीका प्रमुख प्रदीप भण्डारीले बताए ।

पुल निर्माण पूरा नभए पनि ताप्लेजुङ र पाँचथरका बासिन्दा ढुवानी र यातायातका लागि यही मार्ग बढी प्रयोग गर्छन् ।

सडक विभाग पुल सेक्टर कार्यालय इटहरीका प्रमुख प्रदीप भण्डारीका अनुसार तमोर कोरिडोरमा पर्ने हेवा, लोरिपा, लखुवा र नावा खोलामा पुल बनाउन डिजाइन स्वीकृत भएको छ ।

रगुवा, कमुवा र भगुवा खोलामा बन्ने पुलेको डिजाइन स्वीकृत हुनै बाँकी छ । बन्नुपर्ने आठमध्ये छरुवा खोलामा १७ करोड रुपैयाँ लागतको १ सय ७० मिटर लामो पक्की पुल निर्माणका लागि प्रारम्भिक काम सुरु भएको प्रमुख भण्डारीले बताए ।
योजनामा रहेका सबै आठ वटै पक्की पुल आगामी एक वर्षभित्र बनिसक्नुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *