टिचिङ अस्पतालका फार्मेसी अधिकृत मृत भेटिएको प्रकरणमा प्रशासन प्रमुखसहित ४ जना पक्राउ – Nepal Press

टिचिङ अस्पतालका फार्मेसी अधिकृत मृत भेटिएको प्रकरणमा प्रशासन प्रमुखसहित ४ जना पक्राउ

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको प्रकरणमा चारजना पक्राउ परेका छन् ।

त्रिवि मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरमा कार्यरत फार्मेसी अधिकृत झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

काठमाडौं प्रहरी परिसरका अनुसार अस्पतालका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त पक्राउ परेका हुन् ।

पोखरेलका परिवारले उनीहरुमाथि आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *