नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुन्छ : प्रदीप पौडेल – Nepal Press

नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुन्छ : प्रदीप पौडेल

‘स्वास्थ बन्न चाहने मानिस योगसँग जोडिन आवश्यक छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले योग शिक्षालाई देशले राष्ट्रिय नीतिका रुपमा आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले मानिसले योगलाई आफ्नो जीवनशैलीसँग जोड्नसके मानिस स्वस्थ हुने बताउनु भयो ।

सांसद पौडेलले स्वास्थ बन्न चाहने मानिस योगसँग जोडिन आवश्यक रहेको उल्लेख गरे । उनले योग शिक्षालाई नेपालको जरा जरासम्म पुर्याउन सक्नुपर्ने बताए ।

‘मानिसले योगलाई आफ्नो जीवनशैलीसँग जोड्न सक्यो, दैनिकीसँग जोड्नसक्यो भने त्यो मानिस स्वस्थ हुनसक्छ । यो प्रमाणित विषय बनिसकेको छ । स्वस्थ बन्न चाहने मानिस योगसँग जोडिन आवश्यक छ । शरीरका विकार निकाल्ने, मस्तिष्कलाई सन्तुलित बनाउने र अर्काको सेवाभावमा समर्पित हुने लक्ष्य राख्नका लागि योग साधाना, ज्ञानले महत्वपूर्ण भूमिका खेल्न सक्छ’, उनले भने ।

त्यसैले योग अभ्यासलाई योग शिक्षालाई नेपालको जरा जरासम्म पुर्याउनु सक्नुपर्ने बताए ।

‘योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्छ । राष्ट्रिय नीतिका रुपमा आत्मसाथ गरौँ । दीर्घराेगीहरुलाई राज्यले उपचार गरिदिने कुरा अब असम्भव जस्तो देखिएको छ । त्यसैले अब रोगी हुन नदिने उपाय केके छन् ? कसरी स्वस्थ बनाउने ? भन्ने बारेमा हामीले पहल गर्नुपर्छ, योग साधनासँग जोड्नुपर्छ’, उनले भने, ‘नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुनसक्छ । रोग लागेपछि सामाजिक सुरक्षाअन्तर्गत सरकारले सहयोग गर्नुभन्दा रोग लाग्न नदिन के गर्न सकिन्छ ? त्यसमा सरकारले आफ्नो नीतिमा जोड्न आवश्यक छ ।’

सांसद पौडेलले नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुनसक्ने र नेपाली स्वस्थ हुनका लागि योगसँग जोडिन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षाअन्तर्गत सरकारले उपचारमा सहयोग गर्ने भन्दापनि रोग लाग्नै नदिने उपायको खोजी गर्न आवश्यक रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर