दुई मन्त्रालयले प्रदेश नै नचिनेपछि एमालेको विरोध, सदन स्थगित – Nepal Press

दुई मन्त्रालयले प्रदेश नै नचिनेपछि एमालेको विरोध, सदन स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएका छन् ।

सभामुखले रुलिङ गरेपनि एमाले सांसदहरूले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । सदनमा केही दिनयता मन्त्रालयगत् बजेटमाथि छलफल भइरहेको छ ।

पर्यटन मन्त्रालयले कोशी प्रदेशलाई १ नम्बर र सहरीले लुम्बिनीलाई ५ नम्बर प्रदेश उल्लेख गर्दै विनियोजित बजेट विवरण पुस्तिका वितरण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर