समाजवादी मोर्चाबारे बाबुराम भट्टराईको टिप्पणी- सबैलाई सधैँ ठग्न सकिन्न – Nepal Press

समाजवादी मोर्चाबारे बाबुराम भट्टराईको टिप्पणी- सबैलाई सधैँ ठग्न सकिन्न

काठमाडौं। पूर्व प्रधानमन्त्री अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चाको निर्माण प्रति आशंका व्यक्त गरेका छन् ।

जालझेलले समाजवादको निर्माण नहुने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन् ।

‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ उनले भनेका छन्, ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’

उनले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशंका व्यक्त गर्दै त्यसो नगर्न सुझाव दिएका छन् ।

‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भनेका छन्, ‘केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’


प्रतिक्रिया

One thought on “समाजवादी मोर्चाबारे बाबुराम भट्टराईको टिप्पणी- सबैलाई सधैँ ठग्न सकिन्न

  1. तिमीलाई त चटकेले ठगेको ठग्यै छ त । गोरखामा पुच्छर बनेर जितायौ अहिले बाल दिएन । मोर्चाको नाममा यस्ता स्वार्थी, ठगको पछि लाग्ने पनि त होईनन नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर