बाढी पहिरोको जोखिमपूर्ण अवस्थामा गृहमन्त्री मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ : सांसद झा (भिडिओ) – Nepal Press

बाढी पहिरोको जोखिमपूर्ण अवस्थामा गृहमन्त्री मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ : सांसद झा (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनता बाढी पहिरो ज्यान गुमाइरहँदा गृहमन्त्री मोर्चा बनाउनमै केन्द्रित रहेको बताएका छन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले विपद्को पूर्व तयारीबारे के हुँदैछ ? भन्दै प्रश्न गरे।

उनले भने, ‘मृत्युभन्दा पनि ठुलो डर मरिन्छ कि भन्ने हुन्छ। त्यो पीडाले सबै मारिरहेको हुन्छ। आज पहाडका मानिसहरूलाई यही त्रास छ। केही व्यक्तिहरू प्राथमिक उपचार नपाएर नै ज्यान गुमाउन बाध्य छन्। यसरी नै सबै जोखिमपूर्ण अवस्थामा रहेको छ। आज पहाड जोखिममा छ भने भोलि तराई र मधेश जोखिममा हुनेछ। गृहमन्त्री र उहाँको तयारीका बारेमा जानकारी पाइरहेका छैनौँ। शायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ। हाम्रो प्रधानमन्त्रीलगायत अन्य जिम्मेवार पदमा रहनुभएको उहाँहरूको जानकारी के हुँदैन ? जनप्रतिनिधि हौँ।’

उनले सरकारको तयारीबारे आफूहरू पनि जनप्रतिनिधि भएकाले जनतालाई जवाफ दिनुपर्ने बताउँदै जवाफ अपेक्षा कहाँबाट गर्ने भन्दै प्रश्न गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर