समाजवादी मोर्चा घोषणाको समय सर्‍यो – Nepal Press

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणाको समय परिवर्तन भएको छ।

दिउँसो ३ बजेको लागि तय भएको घोषणा कार्यक्रम ४ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुनेछ। माओवादी, जनता समाजवादी पार्टी, नेकपा एस र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणा हुन लागेको हो।

प्रधानमन्त्री प्रचण्ड कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएपछि मोर्चाको घोषणाको समय सारिएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर