बिमस्टेकको छैठौं सम्मेलनमा सहभागी हुन उद्योग मन्त्री रिजाल भारत प्रस्थान – Nepal Press

बिमस्टेकको छैठौं सम्मेलनमा सहभागी हुन उद्योग मन्त्री रिजाल भारत प्रस्थान

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् ।

सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदैछ  । तिन दिने शिखर सम्मेलनपछि मन्त्री रिजाल स्वदेश आउने छन् ।

नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्द्धन लगायतका विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन् ।

बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो । तेस्रो शिखर सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *