माधव नेपाललाई प्रश्न- तपाईंको पार्टी पदाधिकारीहरू एमाले फर्किन लागेका हुन् ? – Nepal Press

माधव नेपाललाई प्रश्न- तपाईंको पार्टी पदाधिकारीहरू एमाले फर्किन लागेका हुन् ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीबाट नेताहरु एमाले प्रवेश गर्ने हल्लामा कुनै सत्यता नभएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठक सहभागी हुन संसद भवन पुगेका अध्यक्ष नेपालले यस्तो दाबी गरे ।

तपाईंको पार्टी पदाधिकारीहरु एमाले प्रवेश गर्न लागेको चर्चा छन् । पार्टीमा के हुँदैछ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘को चाहिँ प्रवेश गर्यो खै ? त्यतिकै भन्दै हुनुहुन्छ । चर्चाको कुरा उहिल्यै थिए होलान् । उहिलेका कुरा खुइलिए ।’

उनले नागरिकताको विषय अदालतमा पुगिसकेको उल्लेख गर्दै बाबुआमा नेपाली भएकाहरुले नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर