जनयुद्धलाई आधिकारिक र वैधानिक ढंगले स्थापित गर्नु सरकारको उपलब्धि: प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

जनयुद्धलाई आधिकारिक र वैधानिक ढंगले स्थापित गर्नु सरकारको उपलब्धि: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई आधिकारिक र वैधानिक ढंगले स्थापित गर्नु सरकारको उपलब्धि भएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले अहिले भिन्न ढंगले अगाडि बढेको बताए ।

उनले भने, ‘जनयुद्धलाई स्थापित गर्ने कुरा औपचारिक आधिकारिक ढंगबाट त्यो ठूलो कुरा थियो । हेर्दा कतिपयलाई नमीठो पनि लागेको छ । तर, त्यसको ठूलो अर्थ छ । अरु सबै सहिद हुने तर, जनयुद्धमा सहभागीलाई राष्ट्रिय सहिदको रुपमा राज्यले सम्मान नगरेको कुरा हाम्रो अधुरो र अपूरो थियो । मैले १५ वर्षअघिकौ माइन्युट खोजेर राजपत्रमा प्रकाशित गरें । राष्ट्रिय सहिदको रुपमा सम्मान गरेको कुरा सामान्य होइन ।’

विगतमा आँट गर्न नसकेको अहिले गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर