संसद सचिवालयलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु – Nepal Press

संसद सचिवालयलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु

काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयलाई पठाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा प्राप्त भएको हो ।

रायमाझीले बिरामी परेकाले बिदा जनाइदिन आग्रह गरेर पत्र पठाएको स्रोतले नेपाल प्रेसलाई बतायो ।

पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ ।


प्रतिक्रिया

One thought on “संसद सचिवालयलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु

  1. उपचारको लागि अमेरिका जाने तयारी गर्न पर्यो नेपाल सरकारले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर