चितवनवासीमाझ रविले भने- म तपाईंहरुले रोपेको विरुवा हुँ, पानी हालेर हुर्काउने जिम्मेवारी पनि तपाईंहरुकै – Nepal Press

चितवनवासीमाझ रविले भने- म तपाईंहरुले रोपेको विरुवा हुँ, पानी हालेर हुर्काउने जिम्मेवारी पनि तपाईंहरुकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको विरुवा भएको बताएका छन् ।

चितवनमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘गत निर्वाचनमा तपाईंहरुले रोपेको विरुवा हुँ म । त्यो विरुवालाई हुर्काउन मल चाहिन्छ । सम्पूर्ण गालीहरुलाई संकलन गरेर मल बनाएका छौं । हामीले त्यसलाई प्रयोग गर्नेछौं । यसपटक मल त हालिसकेका छौं । अब जल हाल्ने जिम्मेवारी तपाईंहरुको हो ।’

उनले अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताए । चितवनले अब परिवर्तनको घण्टी बजाउने दाबी गर्दै लामिछानेले आफूहरुले परिवर्तनको घण्टी बजाउने बताए ।

अहिले आफूहरुविरुद्ध सबै शक्ति लागेको उनको भनाइ छ । उनले देशलाई चुस्ने भ्रष्टहरुलाई कारबाही गरेरै छाड्ने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर