बालुवाटारमा मिलेन कुरा, बूढानीलकण्ठमा बैठकपछि प्रधानमन्त्रीसँग साँझ पुन: कांग्रेसको छलफल – Nepal Press

बालुवाटारमा मिलेन कुरा, बूढानीलकण्ठमा बैठकपछि प्रधानमन्त्रीसँग साँझ पुन: कांग्रेसको छलफल

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा आज पनि सहमति जुटेन।

सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलमा कुरा नमिलेपछि कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने बताएको छ।

बालुवाटार बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘टीओआरको विषयमा कुरा मिलेको छैन। थप छलफलका लागि हामीले १ बजे बस्दैछौं। त्यहीबाट पार्टीको आधिकारिक धारणा ल्याउँछौँ।’

उनले प्रधानमन्त्रीले समस्या समाधान गर्नको लागि पहल  गरिरहेको भए पनि सत्तारुढ अन्य दलले भने यो समस्यालाई अल्झाइराख्न खोजेको आरोप लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर