रानी शाक्यको नयाँ गीत ‘उड्यो मन सार्वजनिक (भिडिओसहित) – Nepal Press

रानी शाक्यको नयाँ गीत ‘उड्यो मन सार्वजनिक (भिडिओसहित)

काठमाडौं । अमेरिकामा रहेर पनि आफ्नो गायन कलालाई निरन्तर अगाडि बढाइरहेकी गायिका रानी शाक्यले युवतीहरुको भावनालाई समेटर नयाँ गीत सार्वजनिक गरेकी छन् ।

‘उड्यो मन’ बोलको गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ । यो गीतले विशेषतः रिस सबै त्यागेर खुशी बनेर बाँच्ने सन्देश दिएको छ ।

गीतको भाव जस्तै निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले भिडियो तयार पारेका छन् ।

भिडियोमा मोडलद्वय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ । भिडियोमा उनीहरु कुनै संकोचविना विन्दास तरिकाले आफ्नो जीवन बाँचिरहेको देख्न सकिन्छ ।

भिडियोमा मानकृष्ण महर्जन र बन्दे प्रसादको छायांकन छ । गायिका रानीले यो गीतबाट आफूले युवतीहरुलाई कुनै तनावविना रमाएर जिन्दगी जिउन आग्रह गरेको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *