‘नम्बरी सुन’मा अभिनेता गौरव पहारी अनुबन्धित – Nepal Press

‘नम्बरी सुन’मा अभिनेता गौरव पहारी अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् ।

अभिनेत्री नम्रता सापकोटा फाइनल भइसकेको चलचित्रमा गौरव र निर्माण टिमबीच मङ्गलवार लिखित सम्झौता भएको हो।

माघ २० गतेबाट फ्लोरमा जाने सिनेमामा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वली लगायतमा कलाकारको अभिनय रहनेछ । चलचित्रमा ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथा देख्न सकिनेछ।

सिनेमाबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।

लमजुङको भुजुङ्ग खोला, हेटौँडा, काठमाडौंका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिनेछ ।

सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *