कांग्रेस वागमती प्रदेशमा पनि दलको नेता छान्न चुनाव हुने, बानिया र लामा भिड्ने – Nepal Press

कांग्रेस वागमती प्रदेशमा पनि दलको नेता छान्न चुनाव हुने, बानिया र लामा भिड्ने

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशले पनि केन्द्रमा जस्तै संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्ने भएको छ । नेपाली कांग्रेस वागमती प्रदेशको कार्य सम्पादन समितिको बैठकले संसदीय दलका्े नेता चयन गर्न निर्वाचन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले वागमती प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति निर्माण गरेको नेपाली कांग्रेस वागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए । बैठकले बुधबार हुने संघिय सांसदको निर्वाचन पछि प्रदेशको निर्वाचनको मिति चयन गर्ने निर्णय गरेको रुवालीको भनाई छ ।

नेपाली कांग्रेसको संसदस्य दलमा यो पटक शेरबहादुर देउवा प्यानलबाटै दुई जनाले उम्मेदवारी दिने जनाएपछि निर्वाचन हुन लागेको हो । यो पटक पूर्वसंसदीय दलका नेता इन्द्रबहादुर बानिया तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबैजनाले संसदीय दलको नेताको अडान नछाड्पछि निर्वाचन निश्चित भएको हो ।

महर्जन संयोजक रहेको समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेका छन् ।

 


प्रतिक्रिया

One thought on “कांग्रेस वागमती प्रदेशमा पनि दलको नेता छान्न चुनाव हुने, बानिया र लामा भिड्ने

  1. Pradesh sabha Bigathan gar!! chor/ bharatachari/ gunda karyakarta varna garne thalo “pradesh sabha” banda gar !! nepal ko Smbhidhan samsodhan gar!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर