सत्ताको लोभमा अर्को गठबन्धन बनाउन हुँदैन : विश्वप्रकाश शर्मा (भिडिओ) – Nepal Press

सत्ताको लोभमा अर्को गठबन्धन बनाउन हुँदैन : विश्वप्रकाश शर्मा (भिडिओ)

'माओवादी र नेकपा एसको साथले ठूलो पार्टी बनेको कांग्रेसले भुल्नु हुन्न'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले चुनावमा जाँदा एउटा गठबन्धन बनाउने र चुनाव सकिएपछि सत्ताको लोभका लागि अर्को गठबन्धन बनाउन नहुनेमा जोड दिए ।

सत्ताको आकांक्षा, आग्रह पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा कांग्रेस, माओवादी र समाजवादीका अध्यक्षहरू गम्भीर हुनुपर्ने शर्माको भनाइ छ ।

सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भुल्न नहुने भन्दै महामन्त्री शर्माले भने, ‘कुनै समय बहुमत प्राप्त गरेको कांग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र एकीकृत समाजवादीको साथ र समर्थनलाई भुल्न हुँदैन ।’

प्रधानमन्त्री आलोपालो हुने भएकाले गठबन्धनकै प्रक्रियाभित्रबाटै जानुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति तथा सभामुख चयनका लागि सन्तुलन, परिपक्वताका आधारमा सहमतिबाट निष्कर्षमा पुग्नुपर्ने शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर