समानुपातिकमा कांग्रेसभन्दा एमाले सवा लाखबढी मतले अगाडि, थ्रेसहोल्डका लागि संघर्ष गर्दै नेकपा एस – Nepal Press

समानुपातिकमा कांग्रेसभन्दा एमाले सवा लाखबढी मतले अगाडि, थ्रेसहोल्डका लागि संघर्ष गर्दै नेकपा एस

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको गणना जारी छ । एक करोड २ लाख २२ हजार २२२ गणना सकिँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

एमालेले हालसम्म २७ लाख २८ हजार ३०५ मत प्राप्त गरेको छ । दोस्रोमा लम्किँदै गरेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत ल्याएको छ । यी दुई दलबीचको मतान्तर एक लाख ३१ हजार ८८२ छ ।

११ लाख ५४ हजार ५९१ मत ल्याएर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ६ हजार ९१ मतका साथ चौथो स्थानमा रहेको छ ।

५ लाख ८० हजार ४३४ मत ल्याएर राप्रपा पाँचौं, ४ लाख १२ हजार ८५८ मतका साथ जसपा छैटौं, ३ लाख ८१ हजार ४२४ मत ल्याएर सीके राउतको जनमत पार्टी सातौं स्थानमा छन् ।

नेकपा एकीकृत समाजवादी भने राष्ट्रिय पार्टीका लागि संघर्ष गरिरहेको छ । नेकपा एस जनमतभन्दा पछाडि छ । अहिलेसम्म उसले २ लाख ९२ हजार १५८ मत पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर