रौतहट ३ (१) प्रदेशसभामा प्रभु साह प्यानलका चौधरी विजयी – Nepal Press

रौतहट ३ (१) प्रदेशसभामा प्रभु साह प्यानलका चौधरी विजयी

गौर । रौतहट क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्र उम्मेदवार केशव राय चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रभु साहको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले एमाले-जसपा गठबन्धनबाट जसपाकी पूजा चौधरीलाई २ हजार १२३ मतले पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार चौधरीले १२ हजार २५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी पूजाले १० हजार १३२ मत हासिल गरेकी छन् ।

मधेस प्रदेशका वन राज्यमन्त्री रहेका नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादव ७ हजार ६२२ मतका साथ तेस्रो भए ।

४४ वर्षीय चौधरी इन्जिनियर हुन् । उनी गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा ३४४ मतको झिनो अन्तरले पराजित भएका थिए । नेकपा एमालेले जसपासँग गठबन्धन गरेपछि तत्कालीन स्थायी कमिटी सदस्य प्रभु साहले एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएपछि चौधरीले पनि साहलाई साथ दिँदै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर