आयोगको शर्त मान्दै निजी हेलिकप्टरमा धनगढी आए देउवा – Nepal Press

आयोगको शर्त मान्दै निजी हेलिकप्टरमा धनगढी आए देउवा

कैलाली । निर्वाचन आयोगको शर्त मान्दै प्रधानमन्त्री शेरबहादुर देउवा निजी हेलिकप्टरमार्फत धनगढी आइपुगेका छन् । चार दिने चुनावी प्रचार कार्यक्रमका लागि देउवा निजी कम्पनीको हेलिकप्टर चढेर यहाँ आइपुगेका हुन् ।

यसअिघ सेनाको स्काइ ट्रक प्रयोग गरेका प्रधानमन्त्री देउवालाई आयोगले निर्देशन दिएपछि निजी हेलिकप्टर चढेका हुन् ।

आयोगले प्रधानमन्त्री देउवालाई शर्तसहित सरकारी सेवा सुविधाको प्रयोग नगर्नेगरी हेलिकप्टर चुनावी प्रचारका लागि अनुमति दिएको थियो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *