तेस्रो नम्बरमा सिफारिस भएका केशव शर्मा सचिवमा बढुवा – Nepal Press

तेस्रो नम्बरमा सिफारिस भएका केशव शर्मा सचिवमा बढुवा

काठमाडौं । सरकारले प्राविधिकतर्फका सहसचिव केशवकुमार शर्मालाई सचिवमा बढुवा गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले तेस्रो नम्बरमा सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि प्रायजसो पहिलो नम्बरमा सिफारिस भएका सहसचिवलाई सचिवमा बढुवा गर्ने गरिएको भए पनि यस पटक भने तेस्रो नम्बरमा सिफारिस भएका शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा गरेको छ । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फका सहसचिव रामआधार साह, विश्वबाबु पुडासैनी र केशवकुमार शर्मालाई सिफारिस गरेको थियो । पहिलो नम्बरमा साह, दोस्रो नम्बरमा पुडासैनी र तेस्रो नम्बरमा शर्मा सिफारिस भएका थिए ।

शर्माको बढुवासँगै उनलाई प्राविधिक सचिवको दरबन्दी रहेको मन्त्रालय वा कार्यालयमा पदस्थापन गरिनेछ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनको सिँचाइ मन्त्रालयमा नै पदस्थापनको तयारी छ । निर्वाचन आयोगको सहमति लिएर केही सचिवको फेरबदलसहित शर्मालाई पदस्थापन गर्न लागिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर