विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला – Nepal Press

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका–६ सिवा घर भई हाल हिलिहाङ गाउँपालिका–६ गुरासे नागि डेरा गरी बस्ने ४५ वर्षीय टिका राई आफ्नै डेराको भान्सा कोठामा मङ्गलवार मृत अवस्थामा फेला परेका छन् ।

यसै गरी पाँचथरको याङवरक गाउँपालिका–३ ओयम बस्ने २८ वर्षीय सन्तोष राई सोही ठाउँस्थित खानक्लेटार जङ्गलमा मङ्गलवार मृत अवस्थामा फेला परेका छन् ।

गत आइतबार घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जङ्गलमा शव फेला परेको हो । घटनास्थलबाट प्रहरीले १ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।

खोटाङको केपिलासगढी गाउँपालिका–३ बाँसपानि बस्ने ८५ वर्षीया फुलसरी राई आफ्नै घरमा मङ्गलवार मृत अवस्थामा फेला परेकी छिन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीस्थित बाटोको छेउमा सोही उपमहानगरपालिका–१ भम्के बस्ने ७० वर्षीय तुल्सीराम भण्डारी मङ्गलवार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *