प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता – Nepal Press

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो ।

भेटमा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।

यस किसिमका भेटघाटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास सेनाले लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर