समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन – Nepal Press

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकर्तफका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार हिजो र आज दुई दिन गरी बन्दसूची पेस गर्ने म्याद तोकिएको थियो । आज कांग्रेस, एमाले, माओवादी, नेकपा एस, जसपालगायतका दलहरूले बन्दसूची बुझाउने तयारी गरेका छन् ।

हिजो पहिलो दिन प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेको समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले नेपाल प्रेसलाई बताए । प्रदेशसभामा समानुपातिकतर्फ प्रदेश १ मा किरात खब्बुवान साझा पार्टी, मधेस प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी र वागमती प्रदेशमा ताम्सालिङ लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेका छन् ।

आज बाँकी रहेका सबै दलले बन्दसूची पेस गरिसक्नेछन् । बन्दसूची पेस गरिसकेपछि मिले नमिलेको जाँचबुँझ गर्ने कार्य असोज ४ गतेदेखि सुरु हुने सहायक निर्वाचन अधिकृत भट्टराईले बताए । उनका अनुसार त्यसपछि राजनीतिक दललाई एक साताको सयमावधी दिएर बन्दसूची मिलाउनका लागि सूचना जारी गरिनेछ ।

नेकपा एमालेले हिजो सचिवालयको बैठकमार्फत क्लस्टरवाइज प्रतिनिधिसभातर्फ ११० र प्रदेश सभातर्फ २२० उम्मेदवार छनौट गरिसकेको छ । त्यस्तै माओवादीमा महासचिव देव गुरुङको नेतृत्वमा वर्षमान पुन र गिरिराजमणि पोखरेल सम्मिलित कार्यदललाई जिम्मा दिइएको छ । बिहान पदाधिकारी बैठक मार्फत माओवादीले समानुपातिकतर्फको बन्दसूची टुंग्याउँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर