विज्ञापन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको जोड – Nepal Press

विज्ञापन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र विज्ञापन बोर्डको संयुक्त तत्वावधानमा विज्ञापन आचार संहिता र विज्ञापनको राष्ट्रिय नीतिका विषयमा छलफल भएको छ । महासंघ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा महासंघ, बोर्डका पदाधिकारी, उद्यमी व्यवसायीहरू, विज्ञापनदाता र संचार माध्यमका व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

विज्ञापन बोर्डले केही महिना अघिमात्र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ सार्वजनिक गरेको थियो । भने विज्ञापनको राष्ट्रिय नीतिको तयारीमा काम गरिरहेको सो अवसरमा जानकारी गराइयो ।

विज्ञापन आचार संहितको प्रभावकारी कार्यान्वयनमा विज्ञापनदाताहरूको प्रतिवद्धता र विज्ञापनको राष्ट्रिय नीतिका सम्बन्धमा सुुझाव लिने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई महासंघका अध्यक्ष शेखर गोल्छा संवोधन गर्दे आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा महासंघकातर्फबाट सहयोग रहने प्रतिवद्धता रहेको बताए ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रको विस्तारका लागि महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपरको कार्यान्वयनबाट नेपालमा विज्ञापन वजारको दायरालाई फराकिलो पार्ने कार्यमा समेत ठूलो सहयोग पुग्ने धारणा राखे ।

जतिबढी अर्थतन्त्र फस्टाउन गयो, उद्योग व्यवसाय बढे, नेपाल समृद्धितर्फ जान सक्यो विज्ञापन व्यवसाय पनि सोही अनुसार फस्टाउने र यसको दायरा फराकिलो हुने हुुंदा अर्थतन्त्रको विस्तारमा सबैको सहयोग सहकार्य अपरिहार्य हुनेमा उनको जोड थियो ।

बोर्डका कार्यकारि अध्यक्ष लक्ष्मण हुमागाईं आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा विज्ञापनदाता र महासंघको सहयोग वोर्डका लागि महत्वपूर्ण रहने बताए । बोर्डका कार्यकारि अध्यक्ष हुमागाईले विज्ञापन व्यवसायलाई स्वच्छ मर्यादित, पारदर्शि र प्रतिस्पर्धी बनाउने उद्देश्यले विज्ञापनको राष्ट्रिय नीति ल्याउन खोजिएको समेत स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर