वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा आरक्षणको व्यवस्था – Nepal Press

वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा आरक्षणको व्यवस्था

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरूले आईपीओ आरक्षण पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्दा निष्कासित शेयरको १० प्रतिशत शेयर उनीहरूले पाउने व्यवस्था गरेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को छैठौं संशोधन सार्वजनिक गर्दै सो व्यवस्था गरेको हो ।

वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले निष्कासित शेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खतामार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले यस वर्षको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था कार्यान्वयनका लागि बोर्डले नियमावली संशोधन गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याएको शेयर विक्री नभई बाँकी रहन गएमा उक्त शेयर सर्वसाधारणमा थप गरी जारी गर्नुपर्ने व्यवस्था समेत संशोधित नियमावलीमा गरिएको छ ।

सर्वसाधारणतर्फको बाहेक अन्य समूहको शेयर बाँडफाँट भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर