लकडाउनका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे – Nepal Press

लकडाउनका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे

काठमाडौं । अधिकारीहरूले कडा यात्रा प्रतिबन्ध लगाएपछि चीनमा ठूलो संख्यामा पर्यटकहरु फसेका छन् ।

‘चीनको हवाई’ भनेर चिनिने रिसोर्ट शहरमा ८० हजारभन्दा बढी पर्यटकहरू फसेका हुन् । पर्यटन हटस्पट सान्या हेनानको दक्षिणी टापुमा रहेको १० लाख भन्दा बढी मानिसको सहर हो, जहाँ आइतवार ४८३ कोभिड केस रिपोर्ट गरिएको थियो ।

कोभिडका कारण सहर बाहिरका सबै उडानहरू सप्ताहन्तमा रद्द गरिनुका साथै रेल टिकट बिक्री पनि रोकिएका छन् । बाहिर जान चाहने पर्यटकहरूले पटक पटक पीसीआर परीक्षण गरेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर