ट्राफिकको भाइरल भिडिओ : घुस नदिएको सह-चालकको बयान (भिडिओ) – Nepal Press

ट्राफिकको भाइरल भिडिओ : घुस नदिएको सह-चालकको बयान (भिडिओ)

काठमाडौं । अहिले टिकटकमा एउटा भिडिओ निकै भाइरल भइरहेको छ ।

काठमाडौंको व्यस्त सडकमा ट्राफिक प्रहरीले सार्वजनिक बस रोकेर सहचालकबाट घुस रकम लिइरहेको भन्दै भिडिओ सार्वजनिक भएपछि भाइरल बनेको हो ।

रोकिराखेको बागमती प्रदेश ०१-००६ – ख ०५८० नम्बरको बसका सहचालकबाट घुस रकम लिइरहेको जस्तो देखिने भिडिओका बारेमा ट्राफिक प्रहरीले स्पष्ट पारेको छ ।

एक भिडिओ जारी गर्दै प्रहरीले चक्रपथबाट बसुन्धारा जाने बस विसैनीमा बाटो अवरुद्ध गरी बस राखेको अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्ने बेला भिडिओ अपरिचित व्यक्तिले खिचेको बताएको छ ।

ट्राफिक प्रहरीलाई बदनाम गर्ने उद्देश्यले भिडिओ अपलोड भएको भन्दै सो बसका सहचालक प्रवेश बहादुर सिवाकोटीलाई सोधपुछ गर्दा कुनै लेनदेन नभएको स्वीकार गरेको बताइएको छ ।

घटना साउन ३ गतेकाे हाे ।

ती सहचालककाे बयान


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *