अंशबन्डा विवादमा भाउजूमाथि खुकुरी प्रहार, देवर पक्राउ – Nepal Press

अंशबन्डा विवादमा भाउजूमाथि खुकुरी प्रहार, देवर पक्राउ

काठमाडौं । पश्चिमरुकुममा भाउजूलाई खुकुरी हानेर घाइते बनाएको आरोपमा देवर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका-१ का ३६ वर्षीय देउकुमार खड्का छन् । अंशबन्डासम्बन्धी विवादमा खड्काले ३७ वर्षीया दिलसरा बोहरालाई खुकुरी प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर