भैरहवामा जेठभित्र वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने श्रममन्त्रीको घोषणा – Nepal Press

भैरहवामा जेठभित्र वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने श्रममन्त्रीको घोषणा

भैरहवा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यही जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा गरेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल र सहज सेवा दिन यस्तो गर्न लागिएको उनले बताएका हुन ।

भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्था पनि जेठभित्रै सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायीसहित सरोकारवालाले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रक्रिया भैरहवाबाटै पुरा हुनुपर्ने माग गरेका थिए ।

मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रमिक सहायता कक्षको पनि अवलोकन गरेका छन् ।

विमानस्थलमा श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखी सम्मानजनक व्यवहार गर्न मन्त्री श्रेष्ठले विमानस्थल प्रशासनलाई निर्देशन दिएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल र सहज सेवा दिन गर्नुपर्ने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठ सहितको टोली शुक्रवार भैरहवा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर