घट्यो सुनको मूल्य – Nepal Press

घट्यो सुनको मूल्य

काठमाडौं । सुनको भाउ बुधबार तोलामा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८०० हजार कायम भएको छ ।

मंगलबार सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुनको भाउ तोलाको ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला१०ले घटेर एक हजार २५० तोकिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर