रोचक संयोग- बडिमालिकामा एमालेबाट मेयर र उपमेयरमा पत्रकार बिजयी, हार्ने पनि पूर्व पत्रकार – Nepal Press

रोचक संयोग- बडिमालिकामा एमालेबाट मेयर र उपमेयरमा पत्रकार बिजयी, हार्ने पनि पूर्व पत्रकार

कैलाली । बाजुराको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा पत्रकारिता गरेका एमालेका उम्मेदवार अमर खड्का प्रमुखमा निर्वाचित भएका छन् ।

उनले ४०१८ मत पाएर विजयी भएका हुन् । खड्का केही वर्ष अघिसम्म काठमाडौंको दृष्टी साप्ताहिकमा काम गर्थे ।

यस्तै उपमेयर जितेकी नन्दा थापा पनि पत्रकार हुन् । उनले ४१७४ मत पाइन् । उपमेयरको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामा थिइन् । उनि प्रेस चौतारी बाजुराकि अध्यक्ष पनि हुन् ।

बडिमालिका नगरपालिकामा पराजित भएका कांग्रेसका उम्मेदवार धनराज पण्डित पनि पुर्व पत्रकार हुन् । उनी पत्रकार महासघ सदस्य समेत भइसकेका छन् । पन्डितले भन्दा खड्काले ३६६ मत बढी ल्याए विजयी भएका थिए । उप प्रमुखमा पनि थापा र राधिका सिंहको ८२३ मतको फरक छ ।

खड्का र थापाको टीमले ०७४ सालको चुनावमा कांग्रेसले जितेको वडीमालिकामा एमालेलाई जिताएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर