बलेफीमा उपाध्यक्षसहित ६ वडाध्यक्ष जित्यो कांग्रेसले, अध्यक्षमा माओवादीका प्रवेश निर्वाचित – Nepal Press

बलेफीमा उपाध्यक्षसहित ६ वडाध्यक्ष जित्यो कांग्रेसले, अध्यक्षमा माओवादीका प्रवेश निर्वाचित

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा माओवादीका गंगा तामाङ ‘प्रवेश’ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुवास तिमल्सिनालाई पराजित गर्दै प्रवेशले पालिका अध्यक्ष जितेका हुन् ।

तर उपाध्यक्षसहित ६ वडामा कांग्रेसले जितेको छ । एमाले र माओवादीले एक–एक वडामा चित्त बुझाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरु तामाङ निर्वाचित भएकी हुन् । यहाँ कांग्रेसले वडा नम्बर ६ र ८ मात्रै गुमाएको छ । ६ मा एमाले र ८ को वडाध्यक्षमा क्रमशः एमाले र माओवादीका उम्मेदवार विजयी भएका हुन् ।

यसअघि बलेफीमा अध्यक्ष, उपाध्यक्षसहित धेरै वडा एमालेले जितेको थियो । पहिला एमालेबाट अध्यक्ष जितेका केदार क्षेत्री चुनावको मुखैमा कांग्रेस छिरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर